04/09/2026
🙏 हे भगवान् बुद्ध… 🙏
आज मेरो मनले तिमीसँग गुनासो गर्न खोजिरहेको छ।
तिमी यति निष्ठुरी, स्वार्थी र घमण्डी किन भयौ जस्तो लाग्दैछ, भगवान्? हामीले तिमीलाई विश्वास गर्यौँ, श्रद्धाले पूजा गर्यौँ, हरेक दुःखमा तिमीलाई सम्झियौँ। तर आज यस्तो पीडाको घडीमा पर्दा मनले भन्छ—हामीले तिमीलाई गरेको पूजा र प्रार्थना व्यर्थ नै रहेछ कि? 😭
हाम्रा पूजनीय काका–काकी र फुपूले जीवनभर कसैको कुभलो सोचेनन्।
आफूलाई जस्तोसुकै दुःख परे पनि अरूको दुःखमा साथ दिए। गरिबका बालबालिकालाई पढ्न सजिलो होस् भनेर सहयोग गरे। गाउँ–गाउँमा पाटा–कपडा बाँडे। कसैलाई दुःख परेको देख्दा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरे। कसैको आँखामा आँसु देख्न सकेनन्।
उनीहरूले अरूको दुःखलाई आफ्नो दुःख सम्झिएर सेवा गरे।
कहिल्यै कसैको नराम्रो चाहेनन्, कसैको कुभलो गरेनन्, कसैसँग बदलामा केही मागेनन्।
तर आज त्यस्ता निस्वार्थ, दयालु र परोपकारी मानिसहरूमाथि नै यस्तो ठूलो विपत्ति किन आयो, भगवान्? 😭💔
यदि राम्रो कर्मको फल हुन्छ भने, उनीहरूको राम्रो कर्म आज कहाँ गयो?
यदि तिमी करुणाका भगवान् हौ भने, आज उनीहरूको रक्षा गर्ने को छ?
हे भगवान् बुद्ध, आज म तिमीसँग रिसाएको छु। मेरो मनमा धेरै गुनासो छ। तर यति धेरै पीडाबीच पनि मेरो अन्तिम आशा तिमीमै छ। 🙏
कृपया हाम्रा पूजनीय काका–काकी र फुपूलाई जहाँ भए पनि आफ्नो करुणाको छायामा सुरक्षित राखिदेऊ। उनीहरूलाई सबै संकटबाट पार लगाइदेऊ। अँध्यारोमा उज्यालो देखाइदेऊ। कठिन बाटोमा सहारा बनिदेऊ।
भगवान्, आज हामीलाई धन चाहिँदैन, सुख चाहिँदैन, केही चाहिँदैन।
हामीलाई केवल एउटा खबर चाहिएको छ—“उहाँहरू सुरक्षित हुनुहुन्छ।”
त्यो एउटा खबरले हाम्रो टुटेको मन जोडिनेछ।
त्यो एउटा खबरले हाम्रो आँसु रोकिनेछ।
त्यो एउटा खबरले फेरि भगवान् बुद्धप्रतिको हाम्रो विश्वास जगाउनेछ। 🙏😭
हे बुद्ध, हाम्रो प्रार्थना यसपटक नसुनी नबस।
हाम्रा पूजनीय काका–काकी र फुपूलाई बचाइदेऊ।
उहाँहरूलाई सकुशल हामीमाझ फर्काइदेऊ। 🙏🙏💔