19/04/2025
जन्मदिनको उल्लास, मित्रताको मिठास र प्रकृतिको शीतलता,
सबै एकै ठाउँमा,
मध्य रातसम्म गुञ्जिएको हाँसो,
र बिहान सिमसिम पानीसँगै बगिरहेको प्रकृतिको मधुर संगीत,
पारिवारिक जमघटको न्यानोपन,
केटाकेटीहरूको चकचकेपन,
सधैं हाँसिरहने सानुवानुको मासुम मुस्कान —
विशेष क्षणहरू अझै विशेष बनिदिए ।
सितारामजीको विशेष दिनमा हामी सँगै हुन पायौँ,
हामी त्यसका लागि हृदयदेखि आभारी छौं।
र, फेरि यस्तै आत्मीय पलहरू सँगै बाँड्ने प्रतीक्षामा छौं।