07/06/2026
हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन!
वसन्त ऋतु २०८३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नेपाल र गुरुङ समुदायको शिर उच्च बनाउनुहुने सम्पूर्ण आदरणीय पर्वतीय पथप्रदर्शक तथा आरोहीहरूमा हार्दिक बधाई तथा आगामी सुखद यात्राको शुभकामना व्यक्त गर्दछौँ।
गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) र तमु गुरुङ सञ्चारकर्मी संघ, नेपाल (एटजोन) को संयुक्त सहकार्यमा आयोजित "आरोही सम्मान तथा संवाद कार्यक्रम" मा गरिमामय उपस्थितिका लागि प्रमुख अतिथि, अतिथिहरू, सञ्चारकर्मी तथा सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
साथै, आफ्नो व्यस्त समयका बावजुद कार्यक्रममा सहभागी भई संवादलाई अर्थपूर्ण बनाइदिनुहुने सम्पूर्ण साहसी आरोहीज्यूहरू प्रति जिटिन (जिटिन) परिवार हार्दिक आभार व्यक्त गर्दछ। यस्ता साहसी आरोहीहरूलाई सम्मान गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।
द्रष्टव्य: कार्यक्रम सञ्चालनका क्रममा रहन गएका विविध कमजोरी तथा त्रुटिहरू प्रति जिटिन (जिटिन) क्षमाप्रार्थी छ। आगामी दिनमा यस्ता कमजोरीहरूलाई सुधार्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ।
सम्मानित हुनुहुने साहसी गुरुङ सगरमाथा आरोहीज्यूहरू:
१. श्री पुर बहादुर गुरुङ – १० पटक (धार्चे–४, गोरखा) (२८ पटक ८००० मिटरभन्दा माथिका हिमाल सफल आरोहण)
२. श्री सुमन गुरुङ – ८ पटक (धार्चे–४, गोरखा)
३. श्री इमान गुरुङ – ७ पटक (धार्चे–४, गोरखा)
४. श्री अनुप गुरुङ – ७ औँ पटक (गोरखा) श्री प्रकाश गुरुङ – ६ पटक (तनहुँ)
६. श्री ओम बहादुर गुरुङ – ५ पटक (धार्चे–३, गोरखा)
७. श्री विकास गुरुङ – ४ पटक (भोटखोला–४, संखुवासभा)
८. श्री राम बहादुर गुरुङ – ४ पटक (धार्चे–४, गोरखा)
९. श्री दिपन गुरुङ – ४ पटक (भोटखोला–४, संखुवासभा)
१०. श्री रमेश गुरुङ – ३ पटक (भोटखोला–४, संखुवासभा)
११. श्री सुजल गुरुङ – ३ पटक (धार्चे–४, गोरखा)
१२. श्री सन्दिप गुरुङ – ३ पटक (धार्चे–४, गोरखा)
१३. श्री तेजेन गुरुङ – ३ पटक (कास्की) – गुरुङ समुदायबाट पहिलो १४ Peaks Summitter
१४. श्री नबिन गुरुङ – २ पटक (भोटखोला–४, संखुवासभा)
१५. श्री पूर्ण बहादुर गुरुङ – २ पटक (धार्चे–४, गोरखा)
१६. श्री डम्बर गुरुङ – २ पटक (धार्चे–४, गोरखा)
१७. श्री बिस बहादुर गुरुङ – २ पटक (धार्चे–४, गोरखा)
१८. श्री रजिन गुरुङ – १ पटक (भोटखोला–४, संखुवासभा)
१९. श्री सुजन गुरुङ – १ पटक (धार्चे–४, गोरखा)
२०. श्री सुसिल गुरुङ – १ पटक (फुङलिङ–७, ताप्लेजुङ)
२१. श्री आश बहादुर गुरुङ – १ पटक (धार्चे–४, गोरखा)
२२. श्री उत्तम गुरुङ – १ पटक (धार्चे–४, गोरखा)
२३. श्री आश बहादुर गुरुङ – १ पटक (धार्चे–४, गोरखा)
तमु (गुरुङ) हिमाल आरोहीहरूको यो साहस र कीर्तिमानको सदा उच्च मूल्याङ्कन होस्! जय पर्यटन!
बाबुराम गुरुङ
अध्यक्ष, जिटिन