02/10/2022
आज नवदुर्गाको सातौ दिन ( सप्तमी ) जसलाई फूलपाती भनेर पनि भनिन्छ।
फूलपाति अर्थात् हाम्रो वरी परि रहेको फूल, पात अनि बिरुवाहरुलाइ पुजा गरिने दिनको रुपमा मनाइने गरिन्छ।
बिशेष गरि नौ किसिमका फूल, बोट, बिरुवाहरुलाई पुजा गरिने गरिन्छ।
जसमा धानको बाला, केराको पात , अनारको पात, हलेदो, मनाब्रिक्ष्य, अदुवा, बेलको पात, अशोक, जयन्ति आदि लाइ दशैं घरमा भित्राएर श्रध्यका साथ् पुजा गरिन्छ।
माथि उललेखित सबै बोट, बिरुवा हाम्रो देवी देवताको प्रतिबिम्ब हुन्।
जस्तो धानको बालामा लक्ष्मीलाइ पाइन्छ, केराको पातमा ब्राम्हणी, अनारको पातमा रक्त दंतिका, हलेदोमा दुर्गा, मनब्रिक्ष्यमा चामुण्डा, अदुवामा कालिका, बेलको पातमा शिव अनि बिष्णु, अशोकमा सोकरहित र जयन्तिमा कर्तिकी।
यी सबैलाइ पुजा गरिसके पछि दशौ दिनका दिन नदीमा लागि बिश्र्जन गरिने गरिन्छ।
सप्तमी पुजा गर्नाले घरमा सु-स्वास्थ्य, धन अनि समृद्धि हुने बिश्वाश छ।