05/06/2024
राम्ररी बुझौ, खासमा युरोपको वर्किङ भिसा कसरी लाग्छ:
____________________________________________
धेरै यूरोपियन देशमा जाडोमा हिउँ पर्ने हुनाले गर्मी सुरु हुनासाथ कामको चाप हुन्छ। त्यसको लागि working visa apply गर्ने उत्तम समय अहिले हो। माल्टाको भने बार्है मासा राम्रो मौसम हुन्छ।
धेरैलाई लाग्छ तपाईंलाई युरोपको कम्पनीले hire गर्यो भने एम्बेसी गयो, भिसा एप्लाई गर्यो, पायो। तर वास्तबमा यो त्यस्तो सजिलो विषय होइन। यसका विभिन्न मापदण्ड हुन्छन्।
खास कसरी हुन्छ काम?
__________________
मानौं तपाईंलाई कुनै युरोपका कम्पनीले मन पराए, अब भिसा एप्लाई गर्नको लागि पहिला त्यो कम्पनीले लोकल मान्छेलाई priority दिनुपर्ने हुन्छ। यदि त्यस देशको मान्छे पाएन भने EU मुलुकभित्र खोज्नु पर्छ। यसलाई क्रोएसियामा लेबर मार्केट टेस्ट भनिन्छ। अन्य European union भित्र पनि यस्तै नियम हुन्छन्। उनीहरूले locally बिज्ञापन गरेर निश्चित समयमा मान्छे नपाएको प्रमाण देखाएपछि बल्ल non EU मान्छे ल्याउनको लागि योग्य ( eligible) हुन्छन्।
डकुमेन्ट केके चाहिन्छ?
__________________
रोजगारदाताले पहिला EU भित्र कामदार खोजेको र नपाएको प्रमाण सहित सम्बन्धित निकायमा तपाईंको डकुमेन्ट, तपाईं र उक्त कम्पनीबीचको कन्ट्रयाक्ट पेपर ( बेसिक तलब, working days/ hours खुलाएर), तपाईंलाई ल्याएर राख्ने ठाउँ ( accommodation proof) को प्रमाण सहित उसले पहिला आफ्नै देशको निकायमा work permit एपलाई गर्नुपर्छ। देश अनुसार निकाय फरक फरक हुन्छन्। जस्तो रोमानियामा immigration office, चेक रिपब्लिकमा Labor office, क्रोएसियामा पुलिस स्टेशन। त्यहाँ कम्पनीको बारेमा चेक हुन्छ, मान्छे चाहिए नचाहिएको हेरिन्छ। क्रोएसिया, पोल्याण्डमा त पुलिस नै कम्पनी भिजिट गरेर चेक गर्छ। परमिट एपलाई गर्न महिनौ लाग्न सक्छ। पछिल्लो समय माल्टा, पोल्याण्ड, रोमानियामा ४ देखि ७ महिनासम्म लागेका रेकर्ड छन्। अनि बल्ल तपाईंको परमिट ready हुन्छ।
परमिट आएपछि तपाईंले त्यसको साथमा भिसा फर्म, फोटो, पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट, ट्राभल ईन्सुरेन्स लगायतका डकुमेन्ट सहित VFS मा जम्मा गर्नुपर्छ। VFS नभएको देशमा सिधै एम्बेसीमा पनि जम्मा गर्न सकिन्छ। ध्यान दिनुहोस्, work permit आफैमा काम गर्ने कागज भएपनि तपाईंको ब्याकग्राउन्ड चेक गर्ने, जान दिने नदिने भन्ने निर्णय गर्ने चाहिँ एम्बेसीले हो। पछिल्लो समय work permit आएका पोल्यान्डका धेरैलाई एम्बेसीले रिजेक्ट गरेका पनि छन्।
अष्ट्रेलिया, क्यानाडा working visa:
_____________________________
यी दुई देश झन् युरोप भन्दा पनि कडा छन्। अरु प्रोसेस मिल्दो जुल्दो भए पनि यी देशले workpermit मा skilled manpower मात्र भित्र्याउँछन्। युरोपले काम गर्ने भिसा class D भनेर तोकेको छ भने यी दुई देशले विभिन्न sub class पनि बनाएका छन्। Skilled हुनको लागि पोइन्ट बेसिस नियम छन्। यसका लागि तपाईंले IELTS गर्नैपर्छ। हो, काम गर्न जान पनि IELTS माग्छन्। अनि यी देशको भिसा प्रोसेसिङ पनि प्राय त्यहाँको इम्मिग्रेशनमा registered lawyer ले मात्र गर्दछन्।
( हाम्रो उद्देश्य सल्लाह दिनु मात्र हो)