16/08/2022
एसओटी टिस्टा च्याम्पियन
15 अगस्त: टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट 2022-मा एसओटी टिस्टा च्याम्पियन भयो । टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको फाइनलमा एसओटी टिस्टाले लानजिंग 7 तारखोला (Lanzing 7 Tarkhola)-लाई 2-1-ले पराजित गऱ्यो। गत 25 जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।