06/08/2026
Western Mega College
Admission Open - Session 2083/84
नमस्कार!
म पश्चिमाञ्चल तथा लुम्बिनी प्रदेशका सम्पूर्ण +2 उत्तीर्ण विद्यार्थीहरू तथा आदरणीय अभिभावकज्यूहरूलाई हार्दिक स्वागत गर्दछु।
वेस्टर्न मेगा कलेज, बुटवल मा शैक्षिक सत्र २०८३/०८४ का लागि Bachelor of Science (hons) in Hospitality Management (BHM) तथा Bachelor of Information Technology (hons)(BIT) कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ।
आज म विशेष गरी किन BHM अध्ययनका लागि वेस्टर्न मेगा कलेज रोज्ने? र हामीले उपलब्ध गराएका सेवा–सुविधाहरूले विद्यार्थीको भविष्य, व्यक्तित्व विकास र करियरमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा केही जानकारी दिन चाहन्छु।
1. १४ वर्षको गौरवशाली इतिहास बोकेको संस्था
सबैभन्दा पहिले, वेस्टर्न मेगा कलेज लुम्बिनी प्रदेशको पहिलो होटल व्यवस्थापन कलेज हो। विगत १४ वर्षदेखि हामीले निरन्तर गुणस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका छौँ। यस अवधिमा हामीले उत्पादन गरेका सयौँ विद्यार्थीहरू आज नेपाल तथा विदेशका प्रतिष्ठित होटल, रिसोर्ट, क्रुज लाइन, रेस्टुरेन्ट, शैक्षिक संस्था तथा आफ्नै व्यवसायमा सफलतापूर्वक कार्यरत छन्।
2. आधुनिक प्रयोगशालासहितको व्यवहारिक शिक्षा
हाम्रो पहिलो प्राथमिकता Quality Education हो। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, अत्याधुनिक उपकरण तथा व्यवहारिक शिक्षामार्फत विद्यार्थीलाई उद्योगले खोजेको दक्ष जनशक्ति बनाउने हाम्रो उद्देश्य हो।
3. इन्टर्नसिपदेखि रोजगारीसम्मको सुनिश्चित यात्रा
हाम्रो अर्को विशेषता Internship र Job Placement हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कारण विद्यार्थीहरूलाई उत्कृष्ट इन्टर्नसिप र रोजगारीका अवसर उपलब्ध गराइन्छ। नेपालमै करियर बनाउन चाहने धेरै विद्यार्थीहरू सफल होटल व्यवसायी, होटल म्यानेजर, प्रशिक्षक तथा अध्यापकका रूपमा स्थापित भइसकेका छन्।
अब कुरा गरौँ, वेस्टर्न मेगा कलेजका विशेष सुविधाहरूको।
4. अन्तर्राष्ट्रिय अध्ययन तथा उद्योग अवलोकन भ्रमण
हामी विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक भ्रमण गराउँछौँ। दोस्रो सेमेस्टरपछि विद्यार्थीहरूलाई चीन, मलेसिया, थाइल्याण्ड, दुबई, माल्दिभ्स, बाली, भियतनाम लगायतका देशहरूमा भ्रमण गराइन्छ। यसको उद्देश्य केवल घुमाउनु मात्र होइन, विश्वस्तरीय होटल उद्योगलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गर्नु हो। यस्तो अनुभवले विद्यार्थीको सोच, आत्मविश्वास र करियरको दृष्टिकोणलाई अझ फराकिलो बनाउँछ।
5. अन्तर्राष्ट्रिय भाषा शिक्षा
त्यसैगरी, हामी ६ महिने चिनियाँ भाषा र ६ महिने जापानी भाषा कक्षा सञ्चालन गर्छौँ। नेपाली, अंग्रेजी, हिन्दी र फ्रेन्चसँगै थप अन्तर्राष्ट्रिय भाषा सिक्दा विद्यार्थीको विश्वव्यापी रोजगारीको सम्भावना अझ बलियो बन्छ।
6. स्विमिङ तालिम तथा सुविधा
हामीले Swimming Training पनि उपलब्ध गराएका छौँ। स्विमिङ एउटा जीवनभर उपयोगी सीप हो। साथै भविष्यमा Cruise Line लगायत अन्तर्राष्ट्रिय Hospitality Industry मा काम गर्न चाहने विद्यार्थीका लागि यो ठूलो फाइदा हो।
7. स्वास्थ्यकर तथा सन्तुलित भोजन सुविधा
विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै हामी स्वच्छ, पौष्टिक र सन्तुलित One-Time Lunch उपलब्ध गराउँछौँ।
8. सम्पूर्ण कलेज युनिफर्म सुविधा र Kitchen Kit & Carry Bag
हामी विद्यार्थीलाई नियमित कक्षाको युनिफर्मसँगै विभागअनुसार आवश्यक सम्पूर्ण Professional Uniform उपलब्ध गराउँछौँ। साथै Practical Class का लागि आवश्यक Kitchen Kit पनि प्रदान गरिन्छ, जसले विद्यार्थीलाई सुरुदेखि नै व्यावसायिक अभ्यास गर्न सहयोग पुर्याउँछ।
9. व्यक्तित्व तथा नेतृत्व विकास कक्षा
केवल पढाइले मात्र सफल बनाउँदैन। त्यसैले हामी दुई वर्षसम्म Personality Development Class सञ्चालन गर्छौँ। यस कक्षाबाट विद्यार्थीले Professional Communication, Leadership, Hospitality Etiquette, Grooming, Teamwork तथा Customer Service जस्ता अत्यन्तै महत्वपूर्ण सीपहरू विकास गर्ने अवसर पाउँछन्।
10. अध्ययन भ्रमण तथा विद्यार्थी गतिविधि
यसका अतिरिक्त, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि हामी नियमित रूपमा Hotel Visit, Industrial Visit, Workshop, Food Festival, Event Management, Trekking, Hiking, Talent Show, लगायतका कार्यक्रम सञ्चालन गर्छौँ।
11. सामाजिक उत्तरदायित्व तथा अतिरिक्त क्रियाकलाप
त्यति मात्र होइन, विद्यार्थीलाई सामाजिक उत्तरदायित्व (CSR) प्रति सचेत बनाउन विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिन्छ। जसमा Guest Lecture तथा Seminar by Industry Experts, Market Survey and Student Presentation, Mental Health Workshop by Doctors, Menstrual Health Awareness Program by Medical Experts, Heritage Cleaning and Protection Campaign, Tree Plantation, Traffic Awareness Program, Blood Donation Program, Teej Celebration, Sports Week लगायत वर्षभरि विभिन्न सामाजिक, शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी गतिविधिहरू सञ्चालन गरिन्छ।
12. सुरक्षित यातायात सेवा / कलेज बस सेवा
विद्यार्थीहरूको सहज आवतजावतलाई ध्यानमा राख्दै Transportation Facility पनि उपलब्ध गराइएको छ। नियमित रूपमा त्रिवेणीचोक-बर्दघाट, आँखा अस्पताल-भैरहवा, बुटवल -गोलपार्क, चौराहा, मणिग्राम, देवीनगर तथा पश्चिम ४ नम्बर रुटमा लगायतका स्थानहरूबाट कलेज बस सेवा सञ्चालन गरिन्छ। यसले विद्यार्थीलाई सुरक्षित, सहज र समयमै कलेज आउन–जान सहयोग पुर्याउँछ।
प्रिय विद्यार्थीहरू,
BHM केवल एउटा डिग्री होइन, यो विश्वभर रोजगारी, नेतृत्व र उद्यमशीलताको ढोका खोल्ने शिक्षा हो। यदि तपाईं आफ्नो भविष्यलाई नेपाल वा विदेशको Hospitality Industry मा सफल बनाउन चाहनुहुन्छ भने, Western Mega College (071422131, 9857070832) तपाईंको सही गन्तव्य बन्न सक्छ।
म तपाईंहरूलाई एउटा सानो अनुरोध गर्न चाहन्छु।
कसैले भनेको कुरा मात्र सुनेर निर्णय नगर्नुहोस्। एकपटक वेस्टर्न मेगा कलेजमा अवश्य आउनुहोस्। हाम्रो कलेजको वातावरण हेर्नुहोस्, अत्याधुनिक प्रयोगशालाहरू अवलोकन गर्नुहोस्, हाम्रा Faculty Members, Coordinators तथा विद्यार्थीहरूसँग प्रत्यक्ष भेटेर कुराकानी गर्नुहोस्। त्यसपछि आफ्नो निर्णय आफैँ गर्नुहोस्।
विशेष गरी BHM अध्ययन गर्ने सोच बनाउनुभएको छ भने, अन्तिम निर्णय गर्नु अघि एकपटक वेस्टर्न मेगा कलेज अवश्य आउनुहोस्। हाम्रो शिक्षण पद्धति, व्यवहारिक सिकाइ, अनुशासन, उद्योगसँगको सम्बन्ध, विद्यार्थीप्रतिको प्रतिबद्धता र भविष्यप्रतिको Vision वास्तवमै फरक छ। यो फरकपन अरूको कुरा सुनेर होइन, यहाँ आएर आफैँ अनुभव गर्न सकिन्छ।
हामी तपाईंलाई केवल एउटा प्रमाणपत्र होइन, सीप, व्यक्तित्व, अनुभव, आत्मविश्वास र उज्ज्वल भविष्य दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।
धन्यवाद।
अधिवक्ता किशु शर्मा
प्राचार्य, वेस्टर्न मेगा कलेज, बुटवल