08/10/2025
होटल दिनेश इन प्रा.लि. परिवारको सादर निमन्त्रणामा 'आमा को माया छात्रावास, धनगढी' का प्यारा नानीहरूले हामीसँग भोजनमा सहभागी भई यो साँझलाई अझ विशेष बनाउनु भयो। उहाँहरूको मुस्कान र उत्साहले हाम्रो मन छुन सफल भयो।
हामी सम्पूर्ण बालबालिकाहरूको उज्ज्वल भविष्य, आत्मबल र सफल जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
हाम्रो सानो आमन्त्रणलाई स्वीकार गरी प्रेम र साथ दिनु भएकोमा तपाईंहरू सबैप्रति गहिरो धन्यवाद र आभार व्यक्त गर्दछौं।
प्यार, प्रेरणा र प्रगतिको यात्रामा सधैं अगाडि बढिरहनुहोस्।