03/03/2026
संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।
सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।
पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।
मार्च ३, २०२६ मंगलबार चन्द्रमाको कक्षको अवरोही नोडमा १.१५०७ को छाता परिमाणको पूर्ण चन्द्रग्रहण हुनेछ। चन्द्रमा पृथ्वीको छायामा सर्दा चन्द्रग्रहण हुन्छ, जसले गर्दा चन्द्रमा अँध्यारो हुन्छ। चन्द्रमाको नजिकको भाग पूर्ण रूपमा पृथ्वीको छाता छायामा प्रवेश गर्दा पूर्ण चन्द्रग्रहण हुन्छ।
मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्। पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना "नाङ्गो आँखा"ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।
प्रकृतिको हरेक स्रोत हरेक प्राणीको निम्ति बराबर हुने भएकाले ग्रहण कसैको निम्ति लाभदायी र कसैको निम्ति हानिकारक नहुने तर्क छ।
(वि.सं. २०८२ फागुन १९ गते / सन् २०२६ मार्च ३) नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ [१.१.१०, १.४.१०]। यो ग्रहणको मुख्य समय र विवरण तल दिइएको छ:
सुरु हुने समय (चन्द्रोदय): बेलुका ६:०४ बजे (काठमाडौंमा ग्रहण लागेकै अवस्थामा चन्द्रमा उदाउनेछ) [१.४.१०]।
मध्य समय: बेलुका ६:०६ बजे [१.३.१, १.४.१]।
समाप्त हुने समय: राति ८:०८ बजे [१.३.१, १.४.५]।
सूतक काल: शास्त्रीय मान्यता अनुसार बालक, वृद्ध र बिरामी बाहेकका लागि बिहान ९:०३ बजेदेखि भोजन निषेध गरिएको छ [१.४.९]।
प्रमुख जानकारी:
यो ग्रहण नेपालका सबै भागबाट नाङ्गो आँखाले स्पष्ट रूपमा देख्न सकिनेछ [१.३.८, १.४.१०]।
यसलाई ज्योतिषीय दृष्टिले ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण भनिएको छ, किनकि चन्द्रमा उदाउँदा नै ग्रहण लागिसकेको हुनेछ [१.१.१०, १.४.१०]।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले बताए।
मंगलबार बिहान ९:०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
साथै वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात रंगहरुको विशिष्ट पर्व होलीको हार्दिक मंगलमय शुभकामना ।