27/08/2026
रसुवामा गएको बाढी र पहिरोले पुर्याएको क्षतिले निकै मर्माहत बनाएको छ। यस विपद्मा परी ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, बेपत्ता हुनुभएकोहरूको सकुशल उद्धारको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सम्पूर्ण प्रभावित परिवारलाई यो कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् र सम्बन्धित निकायबाट छिटोभन्दा छिटो उद्धार तथा राहतको व्यवस्था होस्।