01/08/2025
#यसकारण_प्रदेश_राजधानी_दिपायलमा
लामो समयसम्म धनगढीमा प्राध्यापन गर्नुभएका प्रा.डा.हेमराज पन्त
सुप प्रदेशको राजधानीको लागि दिपायल नै उपयुक्त स्थान हुनेछ भन्ने विषयमा दुइ मत नहोला । विभिन्न आधारमा वर्तमान क्षेत्रीय सदरमुकामलाई नै प्रस्तावित प्रदेशको राजधानीको रुपमा विकास गर्नु उपयुक्त हुने देखिन्छ । यसका केही प्रमुख आधारहरु बारे संक्षिप्त चर्चा गर्नु प्रासांगिक हुनेछ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका अन्र्तगत रहेको सिलगढी निकै पहिले देखि नै पश्चिम नेपालको प्रमुख प्रशासनिक केन्द्रको रुपमा रहि आएको छ । नेपालको एकीकरणको क्रममा गोर्खाली सेनाले डोटी राज्यलाई पराजित गरेर नेपाल राज्यमा गाभेपछि डोटी राज्यको अस्तित्व समाप्त भई नेपाल राज्यमा समाहित भयो ।
डोटी राज्यलाई परास्त गरी नेपालमा मिलाए पछि राज्य व्यवस्थालाई मजबुत बनाउन राज्य व्यवस्था संचालनका प्रमुख संयन्त्रहरु जस्तै मुख्य प्रशासक, कर असुली, न्याय सम्पादन, भूमि व्यवस्थापन र सेनासंग सम्बन्धित निकायहरु स्थापना भएका थिए । राण कालमा तत्कालीन शासकहरुले यसलाई अझ सुदृढ पारे । वडाहाकिम रहने गौणा, माल, अदालत र सैनिक छाउनी, काराकार हुला आदि स्थापना भए । राणाकालमा पश्चिम तर्फ पाल्पा पछि डोटी गौडा प्रमुख प्रशासानिक केन्द्रको रुपमा रहेको पाइन्छ । पछिका वर्षमा औषधालय, पाठशाला आदि पनि स्थापना भए । डोटी राज्य नेपालमा विलय भएको बेला देखि नै सिलगढी पश्चिम नेपालको प्रशासनिक, व्यापारिक र सांस्कृतिक केन्द्रको रुपमा रहेको ऐतिहासिक तथ्य सर्वविदित छ । राज्य संचालनका विभिन्न निकायहरु स्थापना भए पछि राजधानी अन्यत्रबाट व्यापार व्यवसाय गर्नेहरु यहाँ आएर बसोबास गर्न थाले । विस्तारै सिलगढी तत्कालिन नेपालको एक प्रशासनिक, व्यापारिक एवं सांस्कृतिक केन्द्रको रुपमा स्थापित भएको ऐतिहासिक तथ्य हाम्रो अगाडी छ ।
डोटी राज्य नेपालमा एकिकरण भएपछि पश्चिम तर्फ महाकाली पारीसम्म नेपाली सेनाको राज्य विस्तार गर्न क्रम जारी रह्यो । महाकाली पारी कुँमाउ गढवाल, कांगढासम्म नेपालको सिमाना विस्तार भयो । यस क्रममा तत्कालिन डोटी गौडाको प्रमुख भूमिका रहेको पाइन्छ । डोटी गौंडाले काठमाडौं र राज्य विस्तारको क्रममा महाकाली पारीको इलाकामा रहेका सैनिकहरुको बीचमा सम्र्पक माध्यमको काम गरि रहेको थियो । सूचनाहरुको आदान–प्रदान र सैनिकहरुलाई माथिबाट आउने निर्देशन, लडाईको बेला चाहिने वन्दोवस्तीका सामानहरुको व्यवस्थ ागर्ने लगायत सम्पूर्ण युद्धकार्यको व्यवस्थापनमा डोटी गौंडाको पमुख भूमिका रहेको थियो ।
अर्को शब्दमा भन्ने हो भने सिलगढी पश्चिम तर्फ नेपालको राज्य विस्तार र विजय पछि राज्य व्यवस्था कायम गर्ने कार्यमा त्यति बेलादेखि नै क्षेत्रिय सदरमुकामको हैसियतमा स्थापित भएको पाइन्छ । पछिका वर्षहरुमा सिलगढीले विकास गर्दै गयो र स्वास्थ्य, शिक्षा जस्ता कुरामा पनि अग्रणी रह्यो । सुदूपश्चिमको पहलिो कलेज स्तरको शिक्षा दिने संस्था डोटी ईन्टर कलेज २०१८ सालमा सिलगढीमा स्थापना भएको थियो ।
पञ्चायतकालमा क्षेत्रीय विकासको अवधारणा आए पछि हिमाल, पहाड र तराई तीन वटै भाग पर्ने गरी नेपाललाई पहिले चार र पछि पाँच विकास क्षेत्रमा विभाजन गरियो । योजनाविद् डा. हर्क गुरुङको क्षेत्रिय सन्तुलित विकासको अवधारणामा आधारित यो भौगोलिक विभाजन निकै वैज्ञानिक र व्यवहारिक थियो । पाँच वट्र विकास क्षेत्रहरुमा हिमाल, पहाड र तराई पारी सदरमुकाम मध्य महाडी भेगको विचमा रहेको स्थानमा रहने गरी स्थपना गरियो । जसबाट हिमाल, पहाड र तराईका जनताले सेवा सुविधाहरु सजिलैसंग पाउन सकुन भन्ने सोच राखिएको थियो । यसै अवधारणा अनुसार धनकुटा, हेटौडा, पोखरा, सुर्खेत र दिपायललाई विकास क्षेत्रको सदरमुकामको रुपमा छनौट गरी पूर्वाधार विकास गरिएको हो । यी पाँच वटै विकास क्षेत्र मध्य भागबाट तराईदेखि हिमाललाई जोड्ने पाँच वटा उत्तर दक्षिण जोड्ने सडक करिडोर निर्माण गरी पाँचवटा सिमा नाकाहरुबाट भारतीय बजार र चीनको सीमावर्ती बजारसंगको पहुच ९ कनेक्टीभिटी बढाई क्षेत्रिय सन्तुलित विकासको लक्ष्य प्राप्त गर्ने अवधारणा ल्याइएको थियो । तर, दर्भाग्यवस सो अवधारणा काम हुन सकेन । यदि क्षेत्रिय विकास र क्षेत्रिय सदरमुकामको मूल अवधारणा अनुसार काम नभएको भए आज नेपालको आर्थिक विकासको अवस्था भिन्नै हुने थियो । पहाडमा आर्थिक गतिविधि र जिविकोपार्जनका अवसरहरुको अभावले तराई तर्फ मानिसहरु आइरिने अवस्था आउने थिएन ।
पछिल्ला केही दशकको दौरान जुन अवधीमा हाम्रो छर–छिमकका देशहरुले विकासका पूर्वाधारहरु खडा गरेर उल्लेखनीय प्रगति गरे त्यो अवधीमा नेपाल भने विभिन्न राजनीतिक समस्याहरुमा अलमलिएर विकासको कामले प्राथमिकता पाउन सकेन । हाम्रो विकासको अवस्था जहाको त्यहि नै रह्यो । नेपालको संविधान २०७२ लागू भएपछि नेपालललाई सात वटा प्रदेशमा विभाजन गरिएको छ । राज्य पुर्नसंरचना अनुसार तत्कालीन सेती र महाकाली अञ्चलका ९ वटा जिल्लाहरु जो सुदूरपश्चिमाञ्च
ल विकास क्षेत्रभित्र पर्दछन् । अव सुप प्रदेश मा समावेश गरिएका छन् । प्रादेशिक विभाजनमा सुप प्रदेश को विभाजन अरु प्रदेशको भन्दा वैज्ञानिक छ । यस प्रदेशले हिमाल, पहाड र तराई तीनवटै भागलाई समेटेको छ । यसले गर्दा प्रदेशको आर्थिक सम्भाव्यतामा वृद्धि भएको छ । यस प्रदेशले राज्य पुर्नसंरचनाका मुख्य आधारहरु जीतै सामथ्र्य र पहिचान दवैलाई धेरै हदसम्म सम्बोधन गरेको छ । सामथ्र्य भन्नाले कुनै प्रदेशमा उपलब्ध साधन र श्रोतहरु जस्तैः जमिन, नदीनाला, वनजंगल, वनस्पति, खानी लगायतका श्रोतहरु र प्रदेश चलाउन चाहिने अन्य श्रोतहरुको उपलब्धतालाई जनाउछ । प्रदेशले एउटा छुट्टै ईकाइको रुपमा काम गर्न सक्ने अवस्था छ कि छैन भन्ने विषय हेर्नुपर्ने हुन्छ । केवल प्रदेश मात्र बन्यो तर छुट्टै प्रदेशको रुपमा चल्न सकने र दिगो रहन सक्ने सामथ्र्य छैन भने त्यो विभाजनले मानिसको विकासको आकांक्षालाई समबोधन गर्न सक्दैन । यसको साथै पहिचान पनि एक प्रमुख आधार हो ।
राज्य पुर्नसंरचना गर्दा प्रदेशको राजधानी हा राख्ने भन्ने प्रमुख मुद्धा हुन आउछ । सम्भत नेपालको सातवटै प्रदेशहरुमा प्रदेश राजधानी कहा राख्ने भन्ने विषय एक प्रमुख मुद्धा हुन आएको छ । प्रदेशको राजधानीमा प्रदेशको केन्द्रीय प्रशासनिक निकायहरु र प्रदेश स्तरका अन्य संरचनाहरु रहन्छन् । जस्तैः राज्यपाल, मुख्य मन्त्री, प्रादेशिक मन्त्रालय, सचिवालय, अदालत, प्रहरी, विश्वविद्यालय आदि । हालसम्म सुदूरपश्चिमाञ्च
ल विकास क्षेत्रको सदरमुकाम रही आउको दिपायल, सुप प्रदेशको राजधानीको लागि विभिन्न दृष्टीकोणबाट उपयुक्त देखिन्छ ।
१) पहिलो कुरा त दिपायल विगत देखि नै क्षेत्रीय सदरमुकामको रुपमा रही आएकोले यहा क्षेत्रिय स्तरका विभिन्न सरकारी कार्यालय र संरचनाहरु विद्यमान छन् । हाल भएका कार्यालयहरु र भौतिक संरचनाहरुमा केही फेरबदल र स्तरोन्नती गरेर प्रादेशिक सरकारको संरचना निर्माण गर्न सकिन्छ । हाल विद्यमान रहेकाक्षेत्रिय प्रशासन, प्रहरी, अदालत आदिको आवश्यकता अनुसार स्तरोन्नती गरेर प्रादेशिक सरकारको कार्यालयमा परिणत गर्न सकिन्छ । उदाहरणको लागि यहा रहेको क्षेत्रीय प्रहरी कार्यालयलाई प्रदेश प्रहरीको मुख्यालयमा परिणत गर्न सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रीय कार्यालयहरुलाई पनि राज्यको मन्त्रालय या विभागमा रुपान्तरण गरी काम सुरु गर्न सकिन्छ । हाल भएका संरचनाहरुको प्रयोग गरेर नया संरचना निर्माण नहुन्जेल सम्मका लागि राज्यको कामकाज संचालनमा ल्याउन सकिन्छ । यसबाट ठूलो व्ययभारबाट बच्न सकिन्छ ।
२) अवश्य पनि हाल भएका संरचनाहरुको भरमा मात्रै प्रदेश सरकारको काम काज गर्न सकिदैन । यसकोका लागि प्रादेशिक राजधानीको विस्तृत निर्माण योजना आवश्यक पर्दछ । त्यस्तो गुरुयोजना तयार भई भौतिक संरचनाहरुको निर्माण गर्न यहा रहेका विभिन्न क्षेत्रीय कार्यालयहरुको जग्गा र आवश्यकता अनुसार थप जग्गा पनि प्राप्त गर्न सकिन्छ । अव यातायातको सुविधा भइसकेकोले केही नया संरचनाहरु दिपायलको आसपासको चिसो हावापानी भएको स्थानमा पनि निर्माण गर्न सकिन्छ । नया संरचनाहरु निर्माण गर्दा खेती योग्य जमिनलाई नचलाई त्यत्तिकै खेर गइरहेको आसपासका डाडाहरुको प्रयोगमा बढि जोड दिनुपर्छ । आज इन्जिनियरिङ र निर्माण प्रविधिमा यति विकास भइसकेको छ कि भू–बनावट अनुसारको भवनहरु निर्माण गर्न सकिन्छ । समतल र मैदानी भू–भागमा मात्रै भवन निर्माण गर्नुपर्दछ भन्ने पुरानो सोच बदल्नु आवश्यक छ । स्थानीय भू–बनोट अनुसारको संरचनाको डिजाइन तयार पार्न सकिन्छ ।
३) दिपायलमा सानाको आकारको विमानस्थल छ । त्यसलाई संचालनमा ल्याएर देशको अरुभागसंग हवाई सम्र्पक कायम गर्न सकिन्छ ।
४) दिपायल सुप प्रदेश को सबै जिल्लाको झण्डै मध्य भागमा पर्दछ र दुवै जिल्लाहरुसंग सडक मार्ग जोडिएको छ । यो स्थान मध्यपहाडी लोगमार्गबाट अछाम, डडेल्धुरा र बैतडीसंग जोडिएको छ । कैलालीबाट डोटी जोड्ने निर्माणधीन वैकल्पीक सडक मार्गले गर्दा दिपायलबाट तराई लगायत अन्य भागसंगको सम्र्पकमा अझ सहजता हुने निश्चित छ ।
५) कुनै पनि ठाउको विकासमा नदीहरुको ठूलो योगदान रहेको हुन्छ । वास्तवमा मानव सभ्यताको विकास नदी किनारका वस्तीहरुबाट भएको हो । नदी विकासको प्रमुख श्रोत हो । दिपायल सेती नदीको किनारमा बसेको छ । नजिकै बग्ने सेती नदिको कारणले यस ठाउमा खानेपानीको पर्याप्त श्रोत छ । यसको साथै ठूलो नदि भएको कारणले भोली सहरीकरण भएमा पाि पानीको पर्याप्त श्रोत उपलब्ध छ । सेती नदिको कारणले दिपायलको भविष्यको संभावना बढ्न गएको छ ।
६) ऐतिहासिक रुपमा पनि दिपायल तत्कालिन डोटी राज्यको राजधानी रहेको स्थान हो । यस कारणले पनि यस ठाउसित सुदूरपश्चिमेलीहरुको भावनात्मक सम्बन्ध रहि आएको छ । दिपायलको वरिपरी डोटी राज्यकालीन विभिन्न स्मारकहरु समेत रहेका छन् । यी विभिन्न ऐतिहासिक आधारहरु, पहुचको सुगमता, सबै जिल्लाहरुलाई पायक पर्ने भौगोलिक अवस्थिति, विद्यमान संरचनाहरुको उपयोग, सहरीकरणहरुको संम्भाव्यता लगायतको आधारमा हाल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको दिपायल नै सुप प्रदेशको राजधानीको लागि उपयुक्त हुने देखिन्छ ।
(साभारः ७ नम्बर प्रदेशको प्रादेशिक राजधानी डोटी किन ? पुस्तकबाट)