Shreya girls hostel

Call Directions Contact the business

Shreya girls hostel We are a hostel based business. Contact us for most comfortable, safe, hygienic login experience.

Happy Holi 🥰🥰🥰
02/03/2026

Happy Holi 🥰🥰🥰

छठ पर्वको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ।🙏🙏
27/10/2025

छठ पर्वको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ।🙏🙏

श्रीकृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏भगवान श्रीकृष्णले धर्म, प्रेम र सत्यको रक्षा गर्न गीता ज्ञान दिनुभयो।उनको जीवनबा...
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको मंगलमय शुभकामना 🙏
भगवान श्रीकृष्णले धर्म, प्रेम र सत्यको रक्षा गर्न गीता ज्ञान दिनुभयो।
उनको जीवनबाट हामीले सत्कर्म, सहनशीलता र कर्तव्यबोध सिक्नुपर्छ।
यस श्रीकृष्ण जन्माष्टमी को पावन अवसरमा
हामी सबैको जीवनमा प्रेम, शान्ति र समृद्धि भरियोस् शुभकामना। 🌸✨🙏🙏🙏

Happy birthday to you dear Nanu 🥰🥰
13/12/2024

Happy birthday to you dear Nanu 🥰🥰

हरिबोधनी एकादशी र चार नारायणको मेला:कात्र्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । यो एकादशीलाई देव उठनी एकादशी, हरि...
12/11/2024

हरिबोधनी एकादशी र चार नारायणको मेला:
कात्र्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । यो एकादशीलाई देव उठनी एकादशी, हरिप्रबोधनी एकादशी वा तुलसी विवाह पनि भनिन्छ । वर्षभरिका २४ वटा एकादशीमध्ये हरिबोधनी एकादशीलाई विशेष पर्वको रूपमा मान्ने गरिन्छ । त्यसैले यसलाई ठूली एकादशी पनि भन्ने गरिन्छ ।
विष्णुपुराणअनुसार आषाढ शुक्ल एकादशी ( हरिशयिनी एकादशी ) का दिन मधुकैटभ जस्ता राक्षसहरूलाई संहार गरी थकित भएर भगवान् विष्णु क्षीर समुद्रमा विश्राम गर्न जानुभयो । भगवान् विष्णु आषाढ शुक्ल हरिशयनी एकादशीदेखि चार महिनासम्म पातालमा शेष नारायणको शैयामा सुतिरहनुहुन्छ । हुन त विष्णु भगवान् कहिले पनि सुत्नुहुन्न । तैपनि ‘यथा देहे तथा देवे’ भनी भक्तजनहरूले शास्त्रीय विधानअनुसार विष्णु भगवान्लाई सुतिरहने भएकै अवस्थाको व्यवहार गरिरहन्छन् । विष्णु हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म शयन गर्नुभयो जुन अवधिलाई चतुर्मासको नामले चिनिन्छ ।
हरिबोधनी एकादशीका दिन स्तोत्र पाठ, भागवत कथा, पुराण सुनेर र भजन गाएर शङ्ख–घण्ट मृदङ्ग नगरा र विभिन्न प्रकारका बाजा बजाई विभिन्न थरीका लीला गरेर नाचगान गरी विष्णु भगवान्लाई जागा गराउने प्रयास गरिन्छ । यसकारण पनि यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । विष्णु भगवान्लाई जागा गराउने क्रममा मन्त्र पढेर आराधना गर्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।
‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निन्द्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तं भवेदिदम् ।।
उत्थिते चेष्टते सर्वमुत्तिष्ठोत्तिष्ठ माधव ।
शरदानि च पुष्पाणि गृहाण मम केशव ।।’
यसरी मन्त्र पढेर विष्णु भगवान्लाई फूलैफूल चढाएर सिँगारी पाञ्चायतन देवताको पूजाविधानअनुसार पूजाआराधना गरिन्छ । कपुर र घिउको बत्ती बालेर आरति गरिन्छ ।
अर्काे एउटा भनाइअनुसार हरिशयनी एकादशीका दिनदेखि सुतिरहेका विष्णु भगवान्लाई मार्ने यही मौका हो भनी मूट नामक दैत्य आउँदा विष्णु भगवान्को शरीरबाट दिव्य अस्त्रले सुसज्जित एउटी कन्या उत्पन्न भई त्यो दैत्यलाई मारिदिएपछि दैत्य लडेको आवाज सुनेर भगवान् विष्णु जागा हुनुभएको दिनको रूपमा पनि हरिबोधनी एकादशी मान्ने गरिएको हो, भनिन्छ ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिन चतुर्मासको आरम्भमा आआफ्नो घरमा रोपिएको तुलसीलाई यस दिन विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ । हरिशयनी एकादशीका दिन आआफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँघरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी व्रतको उद्यापन गर्ने गर्दछन् । हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्छन् ।
भविष्यत् पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप, व्रत आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताउनुभएको छ । व्रत बस्दा व्रतालुहरू शखरखण्ड, पिँडालु, बदाम र फलफूल कन्दमूल उसिनेर प्रसादको रूपमा फलाहार गर्ने गर्दछन् ।
शिवपुराणअनुसार महादेवको आज्ञा पाएर भगवान् विष्णुले जालन्धरकी स्त्री बृन्दाको सतीत्व डगाएपछि रतिले भगवान् विष्णुलाई “झार भएर बस्नु परोस्” भनी श्राप दिइन् अनि भगवान् विष्णु तुलसीको रूप लिएर श्रापमुक्त हुनुभएको थियो ।
हेर्दा तुलसी एउटा साधारण वनस्पतीझैं देखिए तापनि यसको ठूलो महत्त्व छ । तुलसीको वरपरको हावा शुद्ध भइरहन्छ । तुलसीले अक्सिजन निकालिरहन्छ । तुलसीलाई औषधिको रूपमा पनि सेवन गर्न सकिन्छ । धार्मिक र भौतिक रूपले फाइदाजनक भएकाले नै तुलसी रोप्ने गरिएको हो ।
विष्णु भगवान् क्षीर सागरमा शयन गरिरहेको समय अर्थात् आषाढ शुक्ल हरिशयनी एकादशीदेखि कात्र्तिक शुक्ल हरिबोधनी एकादशी चार महिनासम्म कुनै पनि किसिमका शुभ कार्य गर्न हँुदैन भन्ने धार्मिक मान्यता रही आएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश, आदि गरिँदैन । ज्योतिष शास्त्रअनुसार पनि यो समयमा साइत निस्कँदैन भनिन्छ । शुभ र मंगल कार्य गर्नुप¥यो भने हरिबोधनी एकादशीको पूर्णिमापछि मात्र साइत आउने भएकाले नै मङ्सिर महिनामा विवाह, व्रतबन्ध र विभिन्न किसिमका शुभकार्य गरिने हो । वैदिक परम्पराअनुसार सूर्य उत्तरायण भइसकेपछि मात्र विवाह, व्रतबन्धजस्ता शुभकार्य गर्नुपर्छ भनिएको छ । चतुर्मास भरि विष्णु भगवान्को उपासना गरेर धार्मिक परम्पराअनुसार अनुष्ठान गरी विष्णु भगवान्को महिमा पाठ गर्ने गरिन्छ । विभिन्न स्थानमा श्रीमद्भागवत महापुराणको पाठ गर्ने र गराउने, कथा सुन्ने र सुनाउने गरिन्छ ।
कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । महाभारतको युद्धमा पाण्डवहरूको विजय भएपछि उत्तरायणको पर्खाइमा शरशैयामा सुतिरहेका भीष्मले भगवान् श्रीकृष्णको कठोर उपासना गर्दै आफ्नो ज्ञान पाण्डवहरूलाई दिएको हुनाले श्रीकृष्णले यी पाँच दिन भीष्मपञ्चकको नामले चिनिनेछन् भनी भीष्मलाई मोक्षरूपी वरदान दिनुभयो । यी पाँच दिन भीष्मलाई अघ्र्य दिएमा भीष्मझैँ शाहसी र विजयी हुनुका साथै ब्रह्मचर्य अखण्ड रहने विश्वास रहेको छ । भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने जनविश्वास रहेको छ ।
हरिबोधनी एकादशीका दिन उपत्यकाका चार नारायण (चाङ्गुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण) लगायत बुढानीलकण्ठ, रसुवा जिल्लाको बेत्रावती(उत्तरगया), पूर्वको कन्काई, कोशीको चतराधाम, देवघाट, रुरुक्षेत्र, गलेश्वर लगायतका नदीघाट तथा तीर्थहरूमा समेत भक्तजनको मेला लाग्दछ । सयपत्री, गोदावरी आदि फूलको माला र तोरण बनाई यस दिन जलाशय सजाउने गरिन्छ । हरिबोधनी एकादशीदेखि नेपाली समाजमा मनाइने ठूला पर्व सम्पन्न भएको मानिन्छ ।
चाँगुनारायण:
काठमाडांै उपत्यकका चाँगु , इचङ्गु , शेष र विशङ्खु नारायणको अत्यन्तै ठूलो महत्त्व छ । उपत्यकाको उत्तर–पूर्व दिशामा रहेको चाँगुनारायणको मन्दिर प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल पनि हो । काठमाडौंबाट १३ किमि टाढाको यो मन्दिर करिब ५ हजार फिट उचाइमा छ । दोलागिरि पर्वतमा पाचौँ शताब्दीमा लिच्छवीकालीन राजा मानदेवले बनाएको चाँगुनारायण मन्दिरलाई प्राचीन काष्ठकला, धातुकला र प्रस्तरकलाको उत्कृष्ट नमुना मान्नुपर्छ । प्यागोडा शैलीमा बनाइएको चाँगुनारायणको मन्दिर परिसरमा भएका विभिन्न मूर्ति र शिलालेखले प्राचीन समयको कला–संस्कृतिलाई प्रदर्शित गरिरहेको देखिन्छ । यो मन्दिरको ढोकाअगाडि भव्य गरुडको मूर्तिका साथै एक जोडी सिंह पनि छ । मन्दिरमा भएको प्रस्तर मूर्तिमा गरुडसँगै रहेको नारायणका चार हातले शंख, चक्र, गदा र पद्म समाइरहेका छन् । तत्कालिन समयमा मन्दिर वरिपरि धेरै चाँपका रुख भएकोले यसलाई चाँगुनारायण भनिएको हो , भनिन्छ । चाँगुनारायण चार नारायणमध्ये ज्येष्ठ हुन् । मनमती नदीमा स्नान गरेर दोलागिरि पर्वतमा रहेको चाँगुनारायणको पूजा गर्ने मानिसलाई परलोकमा वैकुण्ठ बास हुने कुरा उल्लेख गरिएको छ ।
शेषनारायण:
काठमाडौंबाट १५ किलोमिटर टाढाको शेषनारायणको मन्दिर उपत्यकाको दक्षिण–पश्चिम दिशामा पर्छ । उपत्यकाको प्रसिद्ध शक्तिशाली दक्षिणकाली नजिकै फर्पिङमा शेषनारायणको मन्दिर पर्वतको खोचमा रहेको छ । पर्वतको पहराले नारायणको मन्दिरमा शेषनागले झंै अड्याइरहेकोले पनि शेषनारायण भनिएको भन्ने जनविश्वास छ । अत्यन्तै रमाइलो प्राकृतिक वातावरण र मनोरम दृश्यले भरिएको यस परिसरमा महादेवका साथै विभिन्न देवताका प्रस्तर मूर्ति पनि छन् । मन्दिरको तल्लो भागमा कुण्ड पनि छ । एकतले मन्दिरमा भित्र गरुडमा सवार भएका चार हात भएका नारायणको प्रस्तर मूर्ति रहेको छ । शिखर नारायणका नामले पनि परिचित शेषनारायणको मन्दिर भगवान् श्रीकृष्णका छोरा प्रद्युम्नले बनाएका हुन्, भनिन्छ ।
इचङ्गुनारायण:
उपत्यकाको उत्तर–पश्चिम कोणमा इचङ्गुनारायणको मन्दिर काठमाडौंबाट ८ किलोमिटर टाढा छ । प्यागोडा शैलीमा बनाइएको दुईतले मन्दिरको चारैतिर प्राकृतिक मनोरम दृश्य देखिन्छ । यस्तो प्राकृतिक मनोरम दृश्यसँगै सानो थुम्कोमा रहेको यो मन्दिरमा कुँदिराखेको कलाले मन्दिरलाई आजसम्म पनि आकर्षित एवं जीवन्त राखेको छ । मन्दिरभित्र रहेका नारायणले चार हातमा शंख, चक्र, गदा र पद्म लिइराखेका छन् । गरुडमा आसीन नारायणसँगै अन्य देवताहरूको मूर्ति पनि रहेका छन् । इचङ्गुनारायणको मन्दिर लिच्छविकालीन राजा हरिदत्त बर्माले बनाएका हुन् भनी वंशावलीमा उल्लेख गरिएको छ । हाल भएको मन्दिर भने १८औं शताब्दीमा बनाइएको हो, भनिन्छ ।
विशङ्खुनारायण:
काठमाडौंबाट १० किलोमिटर टाढाको विशंखुनारायण उपत्यकाको दक्षिण–पूर्व कोणमा पर्छ । गोदावरीबाट सीधा माथि पर्ने स्थानमा विशंखुनारायणको मन्दिर गुफामा रहेको छ । विशंखुनारायण भएको स्थानमा शंखको आकृति भएकाले नै विशंखुनारायण भनिएको जनविश्वास छ । चार नारायणमध्ये तीन नारायणका जस्तै यो मन्दिरमा चार हात भएको नारायणको मूर्ति छैन । यहाँ नारायण मानेर पूजा गरिने ढुंगाको अष्टदल मात्र छ । यसैलाई भक्तजनहरूले नारायण देवता भनी मान्ने हो । यहाँ भएको थुम्कोलाई भस्मासुर भष्म भएको थुप्रो र अष्टदलको प्रस्तर मूर्तिलाई मोहनी रूप लिएका विष्णु नारायण हुन् भन्ने गरिन्छ । ( विभिन्न पत्रपत्रिका तथा स्रोतहरूबाट संकलन गरिएको )

शुभदिपावली २०८१ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ❣️❣️❣️
31/10/2024

शुभदिपावली २०८१ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना ❣️❣️❣️

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हि...
03/10/2024

नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दाजुभाइ,दिदीबहिनी,इष्टमित्र,नातागोता लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाइ हार्दिक मंगलमय शुभकामना🙏🙏

07/09/2024

Everone Shreya girls hostel @

Address

Budhhanagar, New Baneswar Near Everest Hotel
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779741720682

Website

Alerts

Be the first to know and let us send you an email when Shreya girls hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shreya girls hostel:

Shortcuts

Share

Category