10/02/2026
आज बिहान काठमाडौंबाट ओखलढुङ्गाको लागि छुटेको अरनिको यातायातको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका स्थित तामाकोशी नदीमा दुर्घटना भई ठुलो जनधनको क्षति भएको समाचारले स्तब्ध भएको छु।
दुर्घटनाको समाचार लगत्तै रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग सम्पर्क गरी यथाशीघ्र उद्दारमा खटिन र उद्दारका सबै प्रकारका उपायहरू अबलम्बन गर्न आग्रह गरेको छु।
दुर्घटनामा परी दिवंगत हुनुभएका यात्रुहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। उक्त दुर्घटनामा घाइते हुनुभएका यात्रुहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। 😓