12/08/2023
आदरणीय देश विदेशमा रह्नुहुने नेपाली आमा,बुबा, दाजुभाइ दिदीबहिनी तथा छाेराछाेरी सरहका किशोर किशोरीहरूमा हार्दिक अभिवादन !
यहाँहरूका लागि आवश्यकता अनुसार आ_ आफ्नो सुविधा बमोजिम आइडियल फेमिली होस्टल काठमाडौं शान्तिनगर सदासर्वदा खुल्ला छ। सबै किसिमका आगन्तुक पाहुनाहरूलाई हाेस्टलमा हार्दिक स्वागत छ।
आइडियल फेमिली हाेस्टल
विगत २०७५ साल मङ्सिरदेखि सञ्चालित आइडियल होस्टल शान्तिनगर प्रयागमार्ग मुनि ठुलो र सानाे खरिकाे बाेटकाे बिचकाे नुप्त्सेमार्गमा छ। उपसचिवस्तरकाे जागिरे कालमा पूरापूर पाँच वर्ष हाेस्टलमा बित्यो। हाेस्टलकाे बसाइँमा नै निरन्तर स्व- अध्ययन, लेख रचना, सरकारी कार्यालय सम्बद्ध सबै पेसागत कर्म शान्तिपूर्ण वातावरणमा सम्पन्न भए।
हाेस्टलमा पेइङिग गेष्ट
हाेस्टलमा इच्छुक सेवाग्राहीका लागि फेमिली वातावरणमा पेइङिग गेष्टका रूपमा बस्न पाउने सुविधा छ। हाेटलमा बस्न नचाहने र आफ्नै स्वतन्त्रतामा बास र गाँससहित काठमाडौंमा बसी कामकाज गर्ने अवसर छ।
हाेस्टलका विशेषता
सञ्चालकसहित सबै आवासीकाे एउटै भान्सा, सेवाग्राहीको लागि रुचि अनुसार सुस्वास्थ्यकर मांसाहारी तथा शाकाहारी भोजन उपलब्ध हुन्छ।
हाेस्टलकाे भौतिक क्षमता
हाेस्टलमा भौतिक क्षमता (सिङ्गल, डब्बल,त्रिपल जना बस्ने ) कोठाहरू छन्।, हाेस्टलमा बस्नेहरूका लागि आफूसंग रहेका माेटरसाइकल र स्कुटी पनि १५/२० वटा राख्न सकिन्छ।
केन्द्रीय विन्दुको सेवासुविधा
आइडियल फेमिली हाेस्टलबाट यातायात विनाका सहज पहुँच सुविधाहरू_ जस्तै : एयरपोर्ट, बानेश्वर, थापागाउँ, अनामनगर, सिँहदरवार, पुरानाे बानेश्वर, गौशाला, बुद्धनगर, काेटेश्वर, शङ्खमूल जहाँ पनि पैदल २०/२५ मिनेटको समयावधि लाग्ने । साथै, हाेस्टलमा आउन जानका लागि काठमाडौं उपत्यकाका तिनै जिल्लाका जुनसुकै स्थानीय तह र शहरबाट पायक पर्दछ। काममा जानका लागि सार्वजनिक यातायातकाे सुविधा राम्रो रहेको छ।
हाेस्टलमा सेवा गर्ने मौकाको आशा
आदरणीय सम्पूर्ण निजामती सेवाका निवृत्त तथा बहालवाला मित्रहरू, शिक्षा सेवाका निवृत्त तथा बहालवाला कर्मचारी मित्रहरू, सार्वजनिक सेवाका सम्पूर्ण राष्ट्र सेवकमित्रहरू, शिक्षक,प्राध्यापक, विद्यार्थी मित्रहरू, आम नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनी र किशोर किशोरी सचेत नागरिकहरू तथा आफन्तजन, नजिकबाट चिन्नुहुने सबै भद्रजनहरूले याे हाेस्टललाई आफ्नो ठानी आफू बसेर वा आफ्ना सन्तानलाई यहाँ पठाएर सेवाको मौका प्रदान गर्नुहुन विशेष अनुरोध छ।
आफैँ हाेस्टल भित्र नै बस्ने र रेखदेख गर्ने भएकोले पूर्ण सुरक्षित, विश्वासिलो अभिभावकत्व र सबै दृष्टिकोणले उपयुक्त र मैत्रीपूर्ण छ।
यसर्थ आइडियल फेमिली हाेस्टलमा आफू तथा आफ्नाहरूकाे सहज पहुँचमा पुराउन,आत्मीय सम्बन्ध बढाउन विशेष अनुरोध छ।
अन्तमा अागन्तुक महानुभावहरू आफू सन्तुष्ट हुनु हुन र पेसागत कार्यलाई विशेष प्राेत्साहित गर्नुहुन अनुराेध छ।
पुनश्च आइडियल फेमिली होस्टल काठमाडौ २४ सैँ घण्टा स्वागत गर्न लालायित छ।
विनित
आइडियल फेमिली होस्टल,
शान्तिनगर, काठमाडौं।