18/09/2021
म तपाइंको प्रतिक्षामा आगन बढारेर,
धुलो झारेर
स्यानीटाईज गरेर
बसेको छु।
समय बलवान रहेछ,
दुईवर्ष भएछ
कहिले खुल्दै
काम नभएर डुल्दै
घर, मझेरी कौशी र बगैंचाका फोहर बटुल्दै
चिनेका पाहुना पनि कसो कस्सो भुल्दै
हिजोआज फेरी खुल्दै छु,
समय र संझनाको साथ
मेरा सहयोगीहरूको हात
एकान्तमा कालीगण्डकी संगको बात
मेरो मा आरामगर्ने गरी एकदुई रात ,
बिताउनु परे पाल्नुहोला।
“बटुवा” रिसोर्ट कु.न.पा.१ सहस्रधारा ।