31/08/2026
बाढीबाट प्रभावित परिवारहरूको दुःखमा सानो भए पनि साथ दिन पाएकोमा मनदेखि खुशी छु। 🙏
यो सहयोग कुनै ठूलो कुरा होइन, विपद्को समयमा एक–अर्काको साथ बन्ने सानो प्रयास मात्र हो।
पीडित परिवारहरूको जीवन छिट्टै सामान्य बनोस् भन्ने हार्दिक कामना गर्दछु। ❤️
“सहयोग सानो वा ठूलो होइन, भावना ठूलो हुन्छ।” 🙏
🙏 हार्दिक धन्यवाद तथा आभार Hotel The Lumbini 🕊️❤️
विपद् प्रभावित परिवारहरूको सहयोगका लागि चिउरा २ बोरा, बिस्कुट १ कार्टुन, दालमोट १० केजी, साबुन ३ प्याकेट तथा ह्यान्डवास २ बक्स लगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराई सहयोग गर्नुभएकोमा United Lumbini Youth Society परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
विपद्को यस कठिन र संवेदनशील परिस्थितिमा पीडित परिवारहरूको दुःख, आवश्यकता र पीडालाई आत्मसात् गर्दै प्रदान गर्नुभएको यो सहयोग केवल राहत सामग्रीमा सीमित छैन; यो मानवता, सामाजिक उत्तरदायित्व, सेवाभाव र सहकार्यको उत्कृष्ट उदाहरण हो। 🙏
तपाईंहरूको अमूल्य साथ र सहयोगले कठिन परिस्थितिबाट गुज्रिरहेका परिवारहरूमा आशा, आत्मीयता र हौसला थपिएको छ। यस्ता मानवीय कार्यहरूले समाजमा सहयोग, सद्भाव र एकताको भावना अझ बलियो बनाउने विश्वास लिएका छौँ। ❤️🤝
यस महत्वपूर्ण मानवीय सहयोगका लागि Hotel The Lumbini का सञ्चालक श्री सुरेन्द्र महतज्यू तथा सम्पूर्ण Hotel The Lumbini परिवार प्रति विशेष धन्यवाद, सम्मान तथा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। 🙏🏻
मानवताको सेवामा तपाईंहरूको यो साथ र सद्भावप्रति नमन। 🕊️❤️
— United Lumbini Youth Society परिवार
#सामाजिकसेवा #मानवताकोसेवा #राहतसहयोग