27/12/2025
होटल सुरम्मा प्रा. लि. को स्थापना वि.सं. २०७३ (सन् २०१६) मा भएको थियो।
विश्व शान्तिका मुहान, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित हाम्रो होटलले यहाँसम्म आइपुग्दा अतिथि सत्कारमार्फत धेरैको मन जित्न सफल भएकोमा गर्व महसुस गर्दछौँ।
आज हामी सबैको माया, विश्वास र निरन्तर साथका कारण चाँडै नै आफ्नो १०औँ वसन्तमा प्रवेश गर्न गइरहेका छौँ। यहाँसम्मको यो यात्रामा हामीलाई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, ग्राहक, साझेदार तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
हामीलाई यहाँसम्म पुर्याउनु तपाईंहरूकै देन हो, र आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र सहयोग निरन्तर पाइरहने आशा राखेका छौँ।
होटल सुरम्मा प्रा. लि.
लुम्बिनी परिवार
📞 071-580314