Hotel Royal Choice

Hotel Royal Choice Hotel Royal Choice Restaurant & Bar was established in 7th Jesth 2071. since we pride ourselves on p

14/02/2025

News | Education | Information

Deep Computer Institute offers a range of internationally recognized certification courses in partnership with leading t...
21/03/2023

Deep Computer Institute offers a range of internationally recognized certification courses in partnership with leading technology companies such as Microsoft, Certiport, and Adobe, providing students with the opportunity to gain in-demand skills and enhance their career prospects on a global level. Don't miss out on the chance to elevate your professional credentials by enrolling at Deep Computer Institute today.

Internationally Certified साथै ISO 9001:2015 Certify संस्था
A National Partner of: Microsoft | Certiport | Sankalpa World Championship | Veloces | Adobe | Apple.......
Don't waste your time and money on local certification, Join Deep Computer Institute & Get International Certification in every course.
कम्प्युटर सिक्दै हुनुहुन्छ? सुचना प्रविधिका विश्व प्रसिद्ध संस्थाहरु Microsoft | Adobe | Apple | Veloces | Sankalpa World Championship | Certiport जस्ता 14 संस्थाहरुको राष्ट्रिय पार्टनर साथै ISO 9001:2015 Certify संस्था Deep Computer Institute अब पोखरामा ।
"अबको समय लोकल सर्टिफिकेसन होईन अन्तराष्ट्रिय तहको सिप सहित अन्तराष्ट्रिय प्रमाणपत्र को हो ।"
Admission Open !! भर्ना खुल्यो !! नयाँ कक्षाहरु सुरु: हरेक आईतबार । मंगलबार । बिहिबार
समय: बिहान-३ कक्षा। दिउसो-४ कक्षा। साँझ-२ कक्षा

दिप कम्प्युटर इन्ष्ट्रिच्युट नै किन?
☑ सुचना प्रविधि क्षेत्रका विश्व प्रशिद्ध संस्थाहरु: Sankalpa World Championship | Microsoft | Adobe | Apple | Veloces | Certiport, आदि 14 संस्थाको नेपालको एकमात्र राष्ट्रिय पार्टनर ।
☑ माईक्रोसफ्ट, एडब, एप्पल सर्टिफाईड प्रशिक्षक ।
☑ ISO 9001:2015 Certify संस्था
☑ प्रयोगात्मक तथा व्यक्तिगत शिक्षण विधि ।
☑ Updated Lab, Latest Software ।
☑ व्यक्तीगत रुपमा सिकाई हुने (Individual Learning/individualized instruction) ।
☑ व्यवसायिक तथा लेखा तालिमको लागी प्रसिद्ध संस्था ।
☑ भोलिको भविष्यलाई ध्यानमा राखि पढाई हुने ।
☑ सम्बन्धित कोर्समा विज्ञ प्रशिक्षक ।
☑ समय सँगै परिमार्जित कोर्स, अन्तराष्ट्रिय स्तरमा संवधन प्राप्त संस्था ।
सम्पर्कः
दिप कम्प्युटर इन्ष्ट्रिच्युट
सृजनाचोक, पोखरा-८ (पो म न पा वडा नं ८ को घर भन्दा एक घर तल, तेस्रो तल्ला )
☎ +977-61-550521 | ✆ 9856025421 (Viber | WhatsApp) | ✆ 9824138027 | ✆ 9846287251
🌐 www.deepcomputer.edu.np
🌐 www.deepci.com.np


Registration Open !! All over Nepal !!! विद्यार्थी भाइबहिनिहरुलाई जानकारी गराउनु होला ।।।
03/02/2021

Registration Open !! All over Nepal !!! विद्यार्थी भाइबहिनिहरुलाई जानकारी गराउनु होला ।।।

काठमाडौं । २०औं माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप(२०२१ को जिल्ला स्तरिय प्रतियोगीताको लागी सम्पु....

तिहारको रौनक उत्कर्षमा छ । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न ओइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगट...
25/10/2019

तिहारको रौनक उत्कर्षमा छ । इन्द्रेणीको सातै रङ्गको प्रतिक टिका, कहिल्यै न ओइलाउने सुपारी फुलका मालाहरु, अमिलो रसिलो भोगटे तथा बिमिरो लगायतका फलहरु, झिलीमिलि बत्तिहरु अनि झिल्केमिल्के कागज, कपडा तथा प्लाष्टिकबाट बनेका तोरणका सजावटहरु । यो आदिकालिन महत्व बोकेको तिहारलाई अझै महत्व बढाईरहेका छन् । हामी हाम्रा सम्पुर्ण ग्राहाक, आफन्त, परिवारजन तथा सम्पुर्णमा यस आदिकालिन चार्डको मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ ।

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवेऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।सौर्य शान्तनवे, बलं हलधरे सत...
04/10/2019

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

माथिको पहिलो पुरुषलाई टिका लगाउदा र दोस्रो महिलालाई टिका लगाउदा आशिर्वाद दिई मनाईने यस आदिकालिन चार्डले सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन् ।

असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक यस पावन पर्व विजयादशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय-अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र सोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !

ढ्याक्क जमेको दहीको चाइलालाई चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाईयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन्, अनेकानेक शुभकामना !!

नेपालको संबैधानिक इतिहासको स्वर्ण दिन, जनताले जनताको लागि संविधान बनाई घोषणा गरेको खुशिको दिन, संबिधानको सफल कार्यान्वयन...
20/09/2019

नेपालको संबैधानिक इतिहासको स्वर्ण दिन, जनताले जनताको लागि संविधान बनाई घोषणा गरेको खुशिको दिन, संबिधानको सफल कार्यान्वयन गरी यसले परिकल्पना गरेको सभ्य एवम् समुन्नत समाज निर्माण गर्न हामी सबैलाई सफलता मिलोस्, हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरु सबैलाई संविधान दिवसको हार्दिक शुभकामना !!!

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे'अरे' अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, ति...
02/09/2019

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे

'अरे' अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, आ -आ फ्ना रंगमञ्चमा ।
तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।

अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है । अनि सम्पूर्ण महिलाबृन्दहरु, चाहे तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ, हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरु सबैलाई माया र उत्साहका साथ यो पावन चाडको शुभकामना ।

"यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||"अर्थात्ः"जब जब संसारमा धर्मको हानी ...
23/08/2019

"यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||"
अर्थात्ः
"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।"
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन । भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया-प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ । तिनै भगवान श्री कृष्ण कालेको जन्मदिनको अवसरमा हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरु सबैलाई माया र उत्साहको शुभकामना ।

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"अर्थात्:"जुन रक्षा (काँचो धागो)ले दा...
14/08/2019

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।"

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न र तपाई-हामी जहाँ छौं जे गर्दैछौं, यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, यस जनै पूर्णिमा तथा रक्षा बन्धनको हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ । ।

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"अर्थात्:"जुन रक्षा (काँचो धागो)ले दा...
14/08/2019

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।"

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न रु तपाई-हामी जहाँ छौं जे गर्दैछौं, यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, यस जनै पूर्णिमा तथा रक्षा बन्धनको हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ । ।

Address

Lakeside
Pokhar

Alerts

Be the first to know and let us send you an email when Hotel Royal Choice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Royal Choice:

Share