होटल व्यावसायी महासंघ नेपाल Hotel Professional Federation of Nepal

  • Home
  • होटल व्यावसायी महासंघ नेपाल Hotel Professional Federation of Nepal
Directions Website Contact the business

होटल व्यावसायी महासंघ नेपाल  Hotel Professional Federation of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from होटल व्यावसायी महासंघ नेपाल Hotel Professional Federation of Nepal, .

07/07/2025

नमस्कार सम्पुर्णमा !!! बर्ष २०८१/२०८२ बाटोघाटो नराम्रो, सरकारको मनोमानी बजेटको कारण पर्यटन प्रबर्द्धन गर्न अल्छिपन, पर्यटन सङ सरोकार वालाहरुसङ सहकार्य नगरिदा ब्यबशाय चौपत भएकोछ बर्ष २०८२/२०८२ पनि केन्द्र प्रदेश स्थानीय निकायबाट पर्यटनमा पर्याप्त बजेट छुट्याइएको पाइएता पनि मन्दिर मस्जिद धर्मशालामा निर्माण मर्मत सम्भार मा बजेट बिनियोजन गरिएकोले आन्तरिक पर्यटन प्रबर्द्धन गर्नुको साथै छिमेकी मुलुक चिन र भारत द्वारा बढी से बढी पर्यटन भित्र्याउन प्रयास गर्न सम्पुर्णमा अनुरोध गर्दछौं । दिनेश कुमार चुके - अध्यक्ष

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका माननीय मन्त्री बद्री प्रसाद पाण्ड...
16/07/2024

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। यहाँको नेतृत्वमा हाम्रो देशको संस्कृति, पर्यटन र उड्डयन क्षेत्रले अझ उचाई हांसिल गर्नेमा हामी पूर्णतः विश्वस्त छौं। देशैभर रहेका सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रवर्द्धन तथा पर्यटन उद्योगको विकासका साथै पर्यटन ऐन (नीति) मा समयसापेक्ष सुधार गर्न यहाँको अतुलनीय योगदान रहनेछ भन्ने आशा राख्दै आगामी दिनमा यहाँको कार्यकाल अत्यन्तै सफल, सृजनात्मक र प्रेरणादायी रहोस् भनि कामना गर्दछौं।
दिनेश कुमार चुके
अध्यक्ष
एवम् होटल व्यवसायी महासंघ नेपाल परिवार

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं.१० मा अवस्थित चितवन मेडिकल कलेज (CMC) र होटल व्यवसायी महासंघ नेपाल बीच महासंघ ...
14/04/2024

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं.१० मा अवस्थित चितवन मेडिकल कलेज (CMC) र होटल व्यवसायी महासंघ नेपाल बीच महासंघ तथा आवद्ध संघका सदस्य एवम् तिनका परिवार र कर्मचारीहरुको अस्पताल सेवामा २० प्रतिशत र फार्मेसी खरिदमा ७ प्रतिशत छुट दिने गरि समझदारी भएको छ। चितवन मेडिकल कलेजको तर्फबाट अस्पतालका निर्देशक डा. दयाराम लम्साल ज्यू र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूले हस्ताक्षर गर्नु भएको सम्झौता पत्र अनुसार महासंघका सदस्य होटल व्यवसायीले CMC का कर्मचारी/विद्यार्थीहरुलाई चितवन मेडिकल कलेजको परिचयपत्रको आधारमा होटल तथा लज सेवामा २० प्रतिशत र रेष्टुरेन्टमा १० प्रतिशत छुट दिनुपर्ने छ भने यो सम्झौता २०८१ साल वैशाख १ गतेदेखि २०८३ साल चैत ३० गतेसम्म लागू हुने सम्झौता पत्रमा उल्लेख छ। मिति २०८० चैत्र ३० गते CMC परिसरमा आयोजित हस्ताक्षर कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सल्लाहकारद्वय गोबिन्द प्रसाद तिवारी र राम प्रसाद सुवेदी, केन्द्रिय सदस्यद्वय दिल कुमार श्रेष्ठ र सुरेन्द्र के.सी., नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना, देवचुली होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण चापागाई, मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघका अध्यक्ष देवी प्रसाद पौडेल लगायत CMC का अप्रेसन म्यानेजर पारस अधिकारी, फार्मेसी संचालक सरोज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

मकवानपुर होटल एशोसियसनको १५औं वार्षिक साधारणसभा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूको प्रमुख आतिथ...
14/03/2024

मकवानपुर होटल एशोसियसनको १५औं वार्षिक साधारणसभा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूको प्रमुख आतिथ्यतामा हेटौंडा- ११ सिमलटार स्थित नवनिर्मित महासंघको केन्द्रिय तालिम केन्द्र तथा बागमती प्रदेश संघ र मकवानपुर होटल एशोसियसनको सम्पर्क कार्यालय भवन परिसरमा मिति २०८० फाल्गुण ३० गते सम्पन्न भएको छ। एशोसियसनका अध्यक्ष दिलिश गोविन्द जोशी ज्यूको सभाध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथिहरु प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई र होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल हुनुहुन्थ्यो भने अतिथिहरु होटल व्यवसायी महासंघ नेपालका सल्लाहकारद्वय रामप्रसाद सुवेदी र भागिरथ शर्मा, केन्द्रिय सदस्य शंकरलाल श्रेष्ठ, लेखा समिति सदस्य रविन लामा, बागमती प्रदेश संघका उपाध्यक्ष निप्पु सर्राफ, जिल्ला स्थित प्रहरी प्रमुखहरु, हेटौडा उ.म.न.पा. वडा नं. २ र ११ का वडा अध्यक्षहरु, मकवानपूर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग संघ, मकवानपुर निर्माण व्यवसायी संघ लगायत विभिन्न वस्तुगत संघहरुका पदाधिकारी तथा प्रतिनिधिहरु, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रमुख अतिथि तथा महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यूले हाम्रो पहिचान देखिने धार्मिक, सांस्कृति र ऐतिहांसिक स्थान एवम् कला संस्कृतिहरुको प्रवर्धनमा हामी आफैं लाग्न जरुरी रहेको, नीतिगत व्यवस्था गरि कार्यान्वयनमा ल्याउन तिनै तहका सरकार, विभिन्न सरकारी निकाय, प्रहरी प्रशासन, संघसंस्था लगायतसंग समन्वय र सहकार्य गर्दै सामाजिक समस्या र विकृतिका विरुद्ध महासंघ कटिवद्ध भएर लागी परेको धारणा राख्नु हुँदै राष्ट्रिय अर्थतन्त्रलाई उकास्न आन्तरिक तथा बाह्य पर्यटक, त्यसमा पनि भारतिय पर्यटक भित्र्याउन सरकारी पहलताको खाँचो महशुस गरिएको उल्लेख गर्नु भयो। देशैभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायबाट उत्कृष्ट सेवा प्रदान गर्न आवश्यक दक्ष कर्मचारी उत्पादन तथा कुसल व्यवस्थापक तयार पार्न होस् या बैदेशिक रोजगारीमा गई देशमा रेमिट्यान्स भित्र्याउन समेत योगदान पुर्‍याउने हेतुले होटल व्यवस्थापन, आतिथ्यता व्यवस्थापन, कुक, वेटर, वारमेन जस्ता विविध विधामा तालिमको अवसर प्रदान गर्न होटल व्यवसायी महासंघ नेपालले हेटौडामा सुविधा सम्पन्न तालिम केन्द्र स्थापना गर्न लागेको बताउनु भयो।
यसै क्रममा हेटौडा उपमहानगरपालिकाबाट होटल व्यवसायी महासंघ नेपाल, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश र मकवानपुर होटल एशोसियसनको सह-कार्यमा होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ती उत्पादन एवम् प्रवर्धन तालिम केन्द्र तथा बहुउद्देश्यिय भवन निर्माण गर्न प्राप्त हेटौंडा- ११ सिमलटार स्थित ३ कठ्ठा जग्गामा महासंघको तालिम केन्द्र र बागमती प्रदेश तथा मकवानपुर होटल एशोसियसनको सम्पर्क कार्यालयको साधारणसभा समारोहका प्रमुख अतिथि तथा महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यू र प्र.जि.अ. सुर्य प्रसाद सेढाई ज्यूले संयुक्त रुपमा विधिवत उद्‍घाटन गर्नु भयो।
मकवानपुर होटल एशोसियसनको कार्यसमिति र आवद्ध होटल व्यवसायी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको उक्त भव्य कार्यक्रममा एशोसियसनका उपाध्यक्ष कल्याण पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संयोजन एशोसियसनका महासचिव हरि गोपाल सापकोटाले गर्नु भएको थियो।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि...
07/03/2024

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्य तथा सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project, STLRP) ले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई विशेष ध्यानमा राखी पर्यटन क्षेत्रमा महिला लक्षित सिप विकास तथा सशक्तिकरणका लागि पर्यटनका विभिन्न विधाहरुमा कार्य गरिरहेको सन्दर्भमा "महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४औं अन्तराष्ट्रिय नारी दिवस, २०२४ को अवसरपारी मिति २०८० फाल्गुण २४ गते नेपाल पर्यटन बोर्डमा पर्यटन क्षेत्रमा संलग्न रहेका महिला तथा विभिन्न सरोकारवालाहरुलाई समावेश गरी आयोजित परामर्श कार्यशालामा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा ज्यू र केन्द्रिय सदस्य लक्ष्मण भण्डारी ज्यूले सहभागिता जनाउनु भयो। नेपालको पर्यटन भित्रको लैङ्गिक गतिशीलतामा गहिरो अन्तर्दृष्टि प्राप्त गर्ने तथा पर्यटन क्षेत्रमा रहेका अवसरहरु एवम् महिलाहरुले सामना गर्ने चुनौती र सम्भावित अवरोधहरु पहिचान गर्ने लक्ष्य राखेको उक्त कार्यशालामा महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ज्यूले भेदभावबाट मुक्त वातावरणको प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्न निजी एवम् सार्वजनिक क्षेत्रले अपनाउनु पर्ने रणनीतिक सुझावहरु प्रस्तुत गर्नु भएको थियो।

धादिङ्गमा आतिथ्यता व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न
20/05/2023

धादिङ्गमा आतिथ्यता व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न

व्यवसायिक प्रवर्द्धन तथा सामाजिक सहकार्यको उद्देश्यले नेपाल पर्यटन बोर्ड र होटल व्यवसायीहरुको छाता संस्था होट....

15/05/2023
“Rethinking Tourism ” भन्ने नाराका  साथ आज मनाइँदै गरेको ४३ औँ  विश्व पर्यटन दिवश २०२२ को अवसरमा सम्पूर्ण होटल तथा पर्यट...
27/09/2022

“Rethinking Tourism ” भन्ने नाराका साथ आज मनाइँदै गरेको ४३ औँ विश्व पर्यटन दिवश २०२२ को अवसरमा सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरुमा होटल व्यवसायी महासंघ नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।
अध्यक्ष ः श्री हिराध्वज शाह तथा होटल व्यवसायी महासंघ नेपाल परिवार
कलंकी १४, काठमाण्डौं ।

मिति २०७९ आश्विन १० गते होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, नुवाकोटको कार्यसमिति पदस्थापना तथा होटल व्यवसायीहरुको समस्या ...
27/09/2022

मिति २०७९ आश्विन १० गते होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, नुवाकोटको कार्यसमिति पदस्थापना तथा होटल व्यवसायीहरुको समस्या र समाधान विषयमा एक अन्तरक्रिया कार्यक्रम नुवाकोटको विदुर स्थित होटल दियालोमा भव्यताका साथ सम्पन्न भयो । नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका सचिव श्री सविन श्रेष्ठ ज्यूको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरी ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विदुर नगरपालिकाका उप प्रमुख श्री प्रभा बोगटी ज्यू, प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद रिसाल ज्यू, प्रहरी निरीक्षक श्री रमेश पण्डित ज्यू, होटल व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष श्री अमृत भुजेल ज्यू, होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव श्री शेर बहादुर थापा ज्यू, होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष श्री सन्तोष उप्रेती ज्यू , होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका कोषाध्यक्ष श्री रमेश बराल ज्यू, होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य श्री कृष्ण कार्की ज्यू, नेपाली होटल व्यवसायी संघका अध्यक्ष श्री गणेश ढकाल ज्यू , कलंकी होटल तथा गेष्ट हाउस एशोसियसन्स्का महासचिव श्री कुमार श्रेष्ठ ज्यू रसुवा जिल्ला होटल व्यवसायी संघका अध्यक्ष श्री निशान्त गजुरेल ज्यू तथा धादिङ्ग जिल्ला होटल व्यवसायी संघका उपाध्यक्ष श्री रामशरण सिलवाल ज्यू सहभागि हुनुभएको थियो ।
सो कार्यक्रममा श्री गणेश लामिछाने ज्यूले स्वागत मन्तव्य दिनुभए पश्चात् पदस्थापना कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रमको खुलासत्रमा जिल्लाका ठूला होटलहरु , होटल वाटर टावर , होटल तामाङ्ग प्लाजा, जिप लाईन रिसोर्टका सञ्चालकहरुले आफ्ना व्यवसायिक समस्याहरु जस्तै स्थानीय निकायमा दर्ता प्रक्रिया झन्झटिलो रहेको सम्बन्धमा, करका सीमा सम्बन्धमा , शान्ति सुरक्षाको सम्बन्धमा तथा नुवाकोट त्रिदेशीय मार्गको रुपमा रहेकोले होटल खुलाइने समय सीमाको सम्बन्धमा स्थानीय निकायका उप प्रमुख , प्रमुख जिल्ला अधिकारी तथा प्रहरी निरीक्षक ज्यू सँग प्रश्नहरु राख्नुभएको थियो। यी समस्याहरुको समाधानका लागि स्थानीय निकायका उप प्रमुख , प्रमुख जिल्ला अधिकारी तथा प्रहरी निरीक्षक ज्यू तथा होटल व्यवसायी महासंघ नेपालका उप महासचिव ज्यू तथा महासंघका निवर्तमान अध्यक्ष ज्यूले स्पष्टिकरण सहित आफ्ना धारणाहरु राख्नुभएको थियो। यस पश्चात् बडा दशैँ तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान गरिएको थियो ।
सो कार्यक्रममा, नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष श्री सन्तोष उप्रेती ज्यूलाई सम्मान पत्र सहित खादा मालाका साथ सम्मान गरेको छ । जिल्लाको होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको हक हित र संस्थागत सुदृढीकरणका लागि लामो समय देखि योगदान दिनुभएकोले उहाँलाई संस्थाले सम्मान गरेको हो ।

भरतपुर महानगरपालिकाको आयोजनामा तथा होटल व्यवसायी महासंघ नेपालको समन्वयमा  ४३ औँ विश्व पर्यटन दिवस २०२२ को अवसरमा आज साईक...
27/09/2022

भरतपुर महानगरपालिकाको आयोजनामा तथा होटल व्यवसायी महासंघ नेपालको समन्वयमा ४३ औँ विश्व पर्यटन दिवस २०२२ को अवसरमा आज साईकल ¥याली, सरसफाई तथा पर्यटन प्रवद्र्वनको लागि गन्तव्य स्थलहरुको प्रचार प्रसार सहितको एक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाका उप प्रमुख श्री चित्रसेन अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष श्री दिनेश कुमार चुके ज्यू ,उपाध्यक्ष श्री ईमान्दु बराल ज्यू , होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ , चितवनका अध्यक्ष श्री ज्योति कँडेल ज्यू, होटल व्यवसायी संघ चितवनका अध्यक्ष श्री दिल कुमार श्रेष्ठ ज्यू , राष्ट्रिय निकुञ्जका सहायक वार्डेन श्री गणेश तिवारी ज्यू , उधोग वाणिज्य संघ, चितवनका अध्यक्ष श्री चुन नारायण श्रेष्ठ ज्यू ,बरण्डाभार सामुदायिक वन व्य उपभोक्ता समूहका अध्यक्ष श्री ज्ञानु श्रेष्ठ ज्यू, ज्ञानेश्वर सामुदायिक वन समितिका अध्यक्ष श्री निरु श्रेष्ठ ज्यू, भरतपुर ८ नं वडाका वडा अध्यक्ष श्री जीव नाथ कडेल ज्यू तथा स्थानीय टोल विकास समितिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै महासंघका वरिष्ठ उपाध्यक्ष श्री दिनेश कुमार चुके ज्यूले कोरोनाले गर्दा मार परिरहेको होटल व्यवसायीहरुलाई चलायमान बनाउन भ्रमण वर्ष मनाएर विभिन्न प्याकेजका कार्यक्रम ल्याउन महानगरपालिकालाई अनुरोध गर्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै उप प्रमुख चित्रसेन अधिकारी ज्यू ले २००३ सालमा रामसार सूचीमा सूचिकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर बिश्व कै बहुमुल्य सम्पत्ति भएको बताउनुभयो । यस क्रममा उहाँले बीस हजारी तालको सरक्षणमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ तारिखलाई बिश्व पर्यटन दिवसको रुपमा मनाउने गरिदै आएको छ । सोही अनुसार आजको कार्यक्रममा महानगरले बिश्व सम्पदा सूचिमा सूचिकृत भरतपुरको बीस हजारी ताल सम्मको साइकल यात्रा समेत गरेको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when होटल व्यावसायी महासंघ नेपाल Hotel Professional Federation of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to होटल व्यावसायी महासंघ नेपाल Hotel Professional Federation of Nepal:

Shortcuts

  • Want your business to be the top-listed hotel?

Share