12/10/2024
आज छक्कापन्जा -५ पूरै फिल्म हेरियो।
'तपाई जस्तो ईमानदार कर्मचारी देशलाई चाहिन्छ तर कुन देशलाई चाहिन्छ थाहा छैन।'- यो मलाई मन परेको सबैभन्दा मनछुने संवाद हो छक्का पन्जा -५ को।
पस्किएको विषय बस्तु सबैले भोगेको हो तर पर्दामा सशक्त ढंगमा सम्बाद मार्फत प्रस्तुत भएको छ।
बिदेशमा भएका केटालाई नर्स पढेकी केटी चाहिने, नेपाली केटीलाई अमेरिका क्यानाडा वा अष्ट्रोलियामा डिभी, पिआर परेको केटा चाहिने- अहिलेको विहेका पूर्वशर्तहरू।
फिलिम हेरून्जेल समय बितेको पत्ता नलाग्ने, दर्शकलाई पूरै ईन्गेज गरेको मनोरंजनात्मक छ।
कलाकारिता सबै कलाकारको राम्रो लाग्यो। बिशेषगरि माग्ने बुढा र दीपक गिरीको बुबाको भूमिका खेल्ने कलाकार सशक्त लाग्यो।
संवाद सबै पावरफूल छन्।
मूभीको थिम गंभीर छ।
ईमान्दार कर्मचारी सबैले खोज्छन् तर तिनको संरक्षण कसैले गर्दैनन्।
युवाहरू सबै बिदेश पलायनलाई नै आफ्नो गन्तब्य बनाईरहेका छन् तर अशक्त मातापिता आफ्नो बच्चाको चाहना र मायाले आफूले जस्तो पीडा भोगेर भए पनि बिदेश पठाएर सहन राजी हुन्छन्।
मुलुकको सम्पूर्ण क्षेत्र भ्रष्टाचारले गॉजेको छ।
यस्ता यस्तै ईस्युहरूलाई छक्कापन्जामा फिल्माईएको छ।