31/10/2026
गोरखा: जहां इतिहास जिबित छ ।
"न्याय नपाए गोरका जानु ।"
गोरखाका राजा राम शाह - नेपालको इतिहासमा सबैभन्दा न्यायप्रिय र प्रसिद्ध राजा मध्ये एक हुनुहुन्छ।
मुख्य विवरण:
शाह वंश, गोरखा राज्यका चौथो राजा
बुबा: पुरेन्द्र शाह, दाजु छत्र शाहको मृत्युपछि राजा बन्नु भएको
इतिहासकारहरुको मत फरक छ, तर वि.सं. १६६३ - १६९० (लगभग २७ वर्ष सासन) मानिन्छ। उहाँलाई राष्ट्रिय विभूति पनि मानिन्छ।
महाराजधिराज राम शाह
उहाँ किन प्रसिद्ध हुनुहुन्छ?
न्यायको लागि:
"न्याय नपाए गोरखा जानु" भन्ने उखान उहाँकै पालादेखि चलेको हो। उहाँ न्यायमा धेरै कडा हुनुहुन्थ्यो।
सुधारहरु:
- आर्थिक सुधार: मानापाथी, ढक-तराजुको व्यवस्था, जमिन नापजाँच र श्रेणी विभाजन
- व्यापार: पाटनका राजा सिद्धिनरसिंह मल्लसँग सन्धि गरेर गोरखामा २४ कोठी खोल्नु, तिब्बतसँग व्यापार बढाउनु
राज्य विस्तारको जग: गोरखालाई सानो राज्यबाट ठूलो राज्य बनाउने योजना उहाँकै पालाबाट सुरु भएको हो, जुन पछि पृथ्वीनारायण शाहले पूरा गर्नुभयो
उहाँका ४ जना छोराहरु थिए - डम्बर शाह, प्राण शाह, नारायण शाह र विक्रम शाह, जसमध्ये डम्बर शाह उत्तराधिकारी बन्नुभयो।