13/11/2026
ट्रम्प, सी र पुटिन एकै टेबलमा बस्ने सम्भावना! 🌍
चीनको शेन्जेनमा आयोजना हुने एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुन सक्ने विषयले विश्वको ध्यान खिचेको छ।
रुस–युक्रेन युद्ध, अमेरिका–चीन व्यापारिक प्रतिस्पर्धा, आणविक हतियार नियन्त्रण र बढ्दो भूराजनीतिक तनावका बीच सम्भावित भेटवार्तालाई विशेष महत्त्वका साथ हेरिएको छ।
यद्यपि, तीनै नेताबीच औपचारिक त्रिपक्षीय भेटवार्ता हुने निश्चित भइसकेको छैन।
📅 १३ नोभेम्बर २०२६